punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालेन–गुरागाईँ टसलः अख्तियारको छानबिन अन्तिम चरणमा

Chaupati
safha napa

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गरिरहेको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। गुरागाईंमाथि छानबिन गरिदिन महानगरले पत्र पठाएको थियो। महानगरले पठाएको पत्रपछि छानबिन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।

‘महानगरले काठमाडौं टावरको विषयमा छानबिन गरिदिनु भनेर हामीलाई पत्र पठाएको थियो। त्यो छानबिन अन्तिम चरणमा पुगेको छ’, प्रवक्ता पौडेलले भने।

महानगरको वडा नं. २८ पुरानो बसपार्कस्थित श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको काठमाडौं टावरमा तला थप गर्ने अनुमति दिएको भन्दै मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बन गरेका थिए। लगत्तै महानगरबाट छानबिन समेत गराएका थिए। यस्तै अख्तियारलाई थप अनुसन्धानका लागि पत्र लेखेका थिए।

गुरागाईंलाई कुनै पनि सर्तमा पदवहाली नगर्ने अडानमा बालेन थिए। उनले संघीय मन्त्रालयलाई नयाँ प्रशासकीय अधिकृत पठाउन पनि पत्राचार गरेका थिए। तर मन्त्रालयले गुरागाईंलाई नै निरन्तरता दिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं गत पुस ८ गतेदेखि पटक–पटक कार्यालयमा हाजिर हुने कोसिस गरिरहेका थिए । तर, बालेनको निर्देशनमा कार्यालय प्रवेशमा रोक लाग्दै आएको थियो।

गत बिहीबार गुरागाईं महानगर हाजिर हुन पुगे। महानगरका मेयर शाहले गुरागाईं पुग्नुभन्दा अगाडि नै महानगर परिसरमा महानगर प्रहरीलाई बाक्लो रुपमा परिचालन गरेका थिए। सोही प्रहरीको भिडलाई धकेल्दै गुरागाईं कार्यालय प्रवेश गरेका थिए। गुरागाईंलाई महानगरका कर्मचारी र जनप्रतिनिधिले साथ दिएका थिए।

महानगरमा उत्पन्न प्रमुख प्रशासकीय अधिकृतको विवाद उत्कर्षमा पुग्दा बालेन बिदामा थिए । उनी आफ्नो ‘कोर टिम’का सदस्य कुमार व्यञ्जनकार र अर्जुन घिमिरेसहित दोलखाको भिमसेन मन्दिर पुगेका थिए ।

मेयर साहको सचिवालयले अख्तियारको अनुसन्धानमा रहेका गुरागाईंलाई जबरजस्ती कार्यालयमा हाजिर गर्न दिनु सरकारले भ्रष्टाचारीलाई सहयोग गरेको बताएको थियो। यदि अख्तियारको छानबिनमा गुरागाईं दोषी देखिए गुरागाईंलाई हाजिर गराउन सहयोग गर्ने सबै जना कारबाहीको भागिदार हुनुपर्ने बताएको थियो।


२५ चैत २०८१, सोमवार १७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु