punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज पहाडमा होली पर्व मनाइँदै

Chaupati
safha napa

धनगढी । आज फागूपूर्णिमाको दिन पहाडी भेगमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ । पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ । तराईमा भोलिमात्रै होली मनाइन्छ । फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ ।
फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीमा रमाइलो गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ । तराईका थारु समुदायमा होली तीनदिनसम्म मनाइन्छ । कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु र कठरिया समुदायले करिब पन्ध्रदिनसम्म होली धुमधामकासाथ मनाउने गर्छन् । होली पर्व सदभावको पर्व हो, वैरभाग नराखी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।


२९ फागुन २०८१, बिहीवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु