धनगढीमा जातीय तथा लैङ्गिकताका आधारमा महिला र बालिकामाथि हुने हिंसा र सञ्चार क्षेत्रको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी। धनगढीमा जातीय तथा लैङ्गिकताका आधारमा महिला र बालिकामाथि हुने हिंसा र सञ्चार क्षेत्रको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

१सय १५ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा संचारकर्मीहरुसंग अन्तरक्रिया गरिएको हो ।

नेपालमा जातीय तथा लैङ्गिकताका आधारमा महिला र बालिकामाथि हुने हिंसामा सञ्चार क्षेत्र र सञ्चारकर्मीको भुमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रममा फेडोका जिल्ला संयोजक विनोद कुमार घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै महिला र बालिका माथिको हुने हिंसाको अवस्था र वर्तमान अवस्थाका घटनाक्रम, प्रदेशगत तथ्याङ्क, घरेलु हिंसा, बलत्कार प्रयासका घटनाको विवरण र चुनौतीहरुबारे जानकारी गराएका थिए।

उनले फेडोले जातीय र लैङ्गिक विभेद विरुद्ध गरिरहेका प्रयासहरु बारे समेत जानकारी गराएका थिए।

पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको अध्यक्षता
दलित महिला संघ (फेडो) कैलालीकी अध्यक्ष सबिना सुनारले गरेकी थिइन्।

कार्यक्रममा पत्रकार महासंघ कैलालीका सचिव तेज भट्टलगायत राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 


२३ फागुन २०८१, शुक्रवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु