महाकुम्भ मेलामा सहभागी भएर फर्किरहेको गाडी दुर्घटना हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी भएर जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको  छ । शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

उक्त घटनामा महोत्तरीको मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाका परिवारका ५ जना सदस्यको मृत्यु भएको जनाइएको छ । जवान झासहित ४ जना घाइते भएका छन् । प्रहरी जवान झा ट्राफिक प्रहरी कार्यालय सिराहामा कार्यरत रहेका छन्।

भारतीय मिडिया दैनिक भाष्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिप चालक रहेका छन् ।

भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।  त्यस्तै दुर्घटनमा सृष्टि ठाकुर, कामिनी झा,जगतरणा ठाकुर र मनोहर ठाकुर घाइते भएका छन् । बाइकलाई बचाउन खोज्दा स्कारपीयो अनियन्त्रित भई पाँच पटक सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।


१९ माघ २०८१, शनिवार २२:४० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु