पश्चिमी वायुको आंशिक प्रभाव : एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागको मौसम मुख्यतया सफा छ।
शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
यसैगरी, आज देशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
२७ कात्तिक २०८३, शुक्रवार ०७:०९ बजे प्रकाशित












