punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियामा लाग्ने महोत्सव यस वर्ष अन्योलमा

Chaupati
safha napa

कैलाली।अत्तरियामा बर्सेनि सञ्चालन हुँदै आएको सुदूरपश्चिम प्रादेशिक महोत्सव लगाउने विषयमा यस वर्ष अन्योल भएको छ । महोत्सव आयोजना गर्दै आएको अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएपछि महोत्सव लगाउने विषयमा अन्योल कायम भएको हो । गत वर्षको महोत्सवमा नक्कली टिकट ठेली प्रकरण बाहिरिएपछि केही दिन अघि समितिका उपाध्यक्ष सहित १० जनाले राजीनामा दिएका थिए । १५ जनाको समितिमा १० जनाले राजीनामा दिएपछि अहिले महोत्सव लगाउने विषयमा के गर्ने भन्ने अन्योल उत्पन्न भएको छ ।

समितिका अध्यक्ष कल्याण सिंह बोहराले ढिलो चाँडो भए पनि महोत्सव लगाउने बताए । उनले समितिका पदाधिकारीले राजीनामा दिएकाले कसरी अगाडी बढ्ने भन्ने बारेमा कानुनी परामर्श गरिरहेको बताए । ‘महोत्सव लगाउने भनेका छौ । हामी अहिले कानुनी परामर्श गरिरहेका छौ । समितिमा केही पदाधिकारी तथा सदस्यले राजीनामा दिएको हुनाले के गर्ने टुङ्गो लागेको छैन । हेरौँ के हुन्छ रु’ उनले भने ‘महोत्सव लाग्छ । ढिलो चाँडो हो । २र४ दिन तलमाथि होला महोत्सव लाग्छ ।’

उनले सबैको सहयोग भएमा महोत्सव सञ्चालन हुने बताए । ‘महोत्सव हाम्रो परम्परा नै हो यसलाई बिचमा छोड्यौ भने गाह्रो पर्छ । यो महोत्सव यस क्षेत्रका व्यवसायी, कलाकार सबैका लागि हो’ उनले भने ‘यो उद्योग वाणिज्य संघको मात्रै होइन । हामी एकदमै महोत्सव लगाउने तयारीमै छौ ।’

संघको महासचिव पदबाट राजीनामा दिएका शङ्कर खड्काले भने अहिलेको अत्तरिया उद्योग वाणिज्य संघ अवैध भएकाले महोत्सव लगाउन सम्भव नभएको बताए । ‘अहिले संस्था नै अवैधानिक छ । नवीकरण नै भएको छैन । अडिट गरिएको छैन । यी काम गर्न कार्यसमितिमा निर्णय गराउनु पर्ने त्यो भएको छैन । कसरी महोत्सव हुन्छ रु’ उनले भने ‘हामी महोत्सवको विरोधी होइनौ तर, अवैध तरिकाले महोत्सव हुनु हुँदैन ।’ उनले अहिले देखिएका समस्या समाधानका लागि पहिला नयाँ कार्यसमिति बनाउन आवश्यक रहेको बताए । उनले एक जना अध्यक्षले महोत्सव लगाउँछु भन्नु कल्पना बाहिरको कुरा भएको बताए ।

‘अध्यक्षले महोत्सव लगाउन भन्दा पहिले समिति बनाउन आवश्यक छ । नयाँ तदर्थ समिति बनाएर हुन्छ या सर्वसम्मत समिति बनाएर महोत्सव लगाउन सहज हुन्छ’ उनले भने ‘अहिले एक जना अध्यक्षले महोत्सव लगाउँछु भन्नु कल्पना बाहिरको कुरा हो ।’ उनले विगतमा महोत्सवलाई मागिखाने भाँडो बनाएको गिरोह अहिले महोत्सव लगाउन सक्रिय भएको बताए ।

उनले महोत्सवका विषयमा व्यवसायीको आम भेला बोलाएर छलफल गर्ने तयारी गरिएको बताए । १० जनाले राजीनामा दिएको अवस्थामा अध्यक्षले म एक्लै महोत्सव गर्छु भन्ने कुरा स्वीकार्य नहुने र, त्यो कानुन सम्मत पनि नहुने उनले बताए । उनले महोत्सव आयोजनाका लागि स्वीकृति लिन पनि कार्यसमितिको निर्णय र संस्था नवीकरणको कागजात आवश्यक पर्ने भएकाले अहिले स्वीकृति लिन नै सम्भव नभएको बताए । अत्तरियामा गत वर्ष आयोजना गरिएको महोत्सवमा नक्कली टिकट ठेली भेटिएपछि अदालतमा मुद्दा नै परेको थियो ।

अध्यक्षले अदालतले दोषी किटान गर्नु अघि नै हिनामिना भएको रकम संस्थालाई तिरेर मिलापत्र गराएर मुद्दा टुङ्गिए पनि समितिका ११ जनाले राजीनामा दिएका थिए । अत्तरियामा गत वर्ष पुस २६ गतेदेखि माघ ७ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो ।


३ पुस २०८१, बुधवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु