चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए, भ्रमणको क्रममा भएका सम्झौता ऋणमा नगरिएको दाबी
काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किए पछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका छन्।
उनले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले भने ‘अस्ति मैले आमसभामा पनि ऋण लिन जाँदै छैनौं भनेको थिए ,। त्यहांं ऋण सम्बन्धि कुरा पनि चलेन, छलफल पनि भएन। हामीले यस पटक बीआरआईअन्तर्गतका विभिन्न परियोजनाका कुरा गर्यौं।’हरेक परियोजनामाअन्तर्गत पछि हामी छुट्टै छलफल गर्छौं, सम्झौता गर्छौं, कसरी कार्यान्वयन गर्ने भनेर।’उनले थपे,‘हामीले अहिले जे प्राप्त गरेका छौं, सम्झौता ऋण होइन। ऋणको कुरा किन आउँछ। ऋणको सारंगी किन पटक(पटक बजिरहेको छ। सञ्चारमाध्यमबाट पनि सोही अनुसार समाचार आएका छन्। ऋणसँग सरोकार राख्दैन, हरेक प्रोजेक्टको छुट्टाछुट्टै सम्झौता हुन्छन्।’
प्रधानमन्त्री ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुने भन्नेबारे पछि छलफल हुने बताए।
२० मंसिर २०८१, बिहीवार १६:१९ बजे प्रकाशित































