punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेद्धार भण्डारी बिजयी

Chaupati
safha napa

बाजुरा।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेद्धार सुलोचना भण्डारी बुढा बिजयी भएकी छन । २०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले त्यो भन्दा बढि मत पाउँदै उपनिर्वाचन जितेकी छन्।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् ।जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन्। जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।

सुलोचना १ हजार ७४० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार पुलतीसराले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । ७ हजार ४६० मध्ये ३ हजार ९०३ जनाले मतदान गरिसकेका थिए ।

 


१७ मंसिर २०८१, सोमवार १३:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु