आज सामान्य बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१९ मंसिर २०८१, बुधवार ११:२१ बजे प्रकाशित































