punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका चार वडाध्यक्षमा काँग्रेस विजयी

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिमका चारवटा पालिकाका वडाध्यक्षमा नेपाली काँग्रेसका उमेदवारहरुले जितेका छन । कञ्चनपुरको भीमदत्त ६, डोटीको पूर्विचौकी गाउँपालिका–६, दार्चुलाको दुहँु ५ र बझाङको सुर्मा गाउपालिकाको वडा नम्बर ४ मा काँग्रेसले जित निकालेको हो ।

डोटीको पूर्विचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा ४६८ मत पाएर विजयी भएका छन् । सो वडामा प्रतिद्वन्दी नेकपा एमाले का देव थापाले ३०१ मत पाए ।

यस्तै नेकपा माओवादी केन्द्रका देवीलाल थापा २६, राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवर ३१ मत पाएका छन् । तत्कालिन वडाअध्यक्ष पुष्पराज जोशीको निधनपछि सो पदमा उपनिर्वाचन भएको हो । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा पनि नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरेर विजय भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले का उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्र का उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ ।

बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा पनि नेपाली काँग्रेसका धिरेन्द्र पुजाराले जितेका छन । पुजाराले ६ सय ५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे ।

कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो । यो वडामा एमालेबाट जितेका वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । २०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन् ।


१७ मंसिर २०८१, सोमवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु