punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी

Chaupati
safha napa

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ ।

सोमवार सेवा आयोगले आन्तरिक प्रतियोगिता द्वारा स्थायी गर्नका लागि विज्ञापन आह्वान गरेपछि विश्वविद्यालयका छ वटा प्राध्यापक सङ्घहरूले सेवा आयोगमा अनिश्चित कालिन तालाबन्दी गरेका हुन ।

प्राध्यापक सङ्घहरूले सेवा आयोगले आन्तरिक प्रतियोगितामा केन्द्रीय क्याम्पसलाई छुटाएको भन्दै तालाबन्दी गरेको बताएका छन् ।

यसअघि पनि विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आङ्गिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनको माग गर्दै ताला लगाइएपछि उक्त मुद्दा अदालतसम्म पुगेको थियो ।

अदालतको फैसलाले विज्ञापन खोल्ने बाटो खुलेपछि सेवा आयोगले आन्तरिक विज्ञापन खोले पनि केन्द्रीय क्याम्पस छुटाएको भन्दै प्राध्यापक सङ्घहरूले विरोध जनाएका हुन ।

केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षण सहायक पदका शिक्षकहरूलाई विशेष आन्तरिक प्रतियोगिता द्वारा स्थायी गर्ने नियम विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाबाट पारित भई कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा समेत सेवा आयोगले एकै प्रकृतिका सिफारिसहरूमा विभेद गरी केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षकहरू मात्र छुट्ने गरी सेवा आयोगले विज्ञापन गरेको आरोप छ ।


१५ साउन २०८१, मंगलवार १७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु