punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा अस्पतालका नाममा बनाइएको चर्चमा नगरपालिकाको डोजर

Chaupati
safha napa

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा डोजर चलाइएको छ । नगरपालिकाले अवैध तरिकाले निमार्ण गरेको संरचनाहरुमा मंगलबार (आज) डोजर चलाएर भत्काएको हो ।

मापदण्ड विपरित बनाइएको संरचना भत्काएको नगरपालिकाले जनाएको छ । यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो।

लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।

तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यस अगाडि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।


१५ साउन २०८१, मंगलवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु