punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सौर्यको जहाज दुर्घटनाप्रति सदनमा लिङदेनको प्रश्न, निष्पक्ष छानबिन हुनेमा आशंका

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले जहाजको सी चेकका लागि पोखरा नै जानुपर्ने कारण के थियो ?, काठमाडौंमा गर्न सकिने अवस्था थिएन ?, प्राविधिक भन्दा गैर कर्मचारीहरूलाई किन लगियो भन्ने प्रश्न उठाएका हुन् ।

उनले भने, ‘सौर्य एयरलाइन्स दुर्घटनाले गम्भीर प्रश्न उठेका छन् । यो एयरलाइन्सले सी चेक गराउनुपर्ने थियो त्यो पोखरामै लानुपर्ने काठमाडौंमा हुन नसक्ने केही कारण थियो की थिएन ? यहाँ हुन सक्ने हो की होइन ? नेपाल एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर र नेपाल आर्मीको ह्याङ्गरमा सी चेक गराउने सुविधा लिन सकिन्थ्यो कि नाइँ ? यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।’

उनले उडान अनुमति दिनुभन्दा पहिले कति यात्रु छन्, को को छन् भनेर हेर्ने निकाय छ कि छैन भने र पनि प्रश्न गरे ।उनले छानबिन समितिमाथि पनि प्रश्न उठाएका छन् ।
विमान उडानका लागि उपयुक्त थियो कि थिएन भन्ने कुराको जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुखका नातेदार नै समितिको प्रमुख हुँदा कस्तो छानबिन हुन्छ भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘सौर्य विमान पोखरा उड्नका लागि उपयुक्त, थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख
जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् उनको भिनाजुलाई आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ । कस्तो छानबिन होला ?’

आयोग बनाउने विषयमा गम्भीर त्रुटि भएकाले सम्बन्धी निकायले यसलाई सच्याउनुपर्ने उनले बताए ।

 


१३ साउन २०८१, आइतवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु