प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठक बस्दै

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संघीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गरिने कार्यसूची छ ।

 

 


१३ साउन २०८१, आइतवार ०७:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु