सौर्य एयरका पाइलट शाक्यलाई नर्मल वार्डमा सारियो

साउन ९ गते सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ।

काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको हो ।

बुधबार भएको दुर्घटनामा विमानमा रहेका १९ जनामध्ये क्याप्टेन शाक्य मात्र जीवित रहेका छन् ।

उनलाई बिहीबार साँझै आईसीयूबाट बाहिर निकालिएको अस्पतालले जनाएको छ ।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।

काठमाडौंबाट पोखरा जान लागेको आफ्नै कम्पनीका कर्मचारी बोकेको विमान त्रिभुवन विमानस्थलभित्रै दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा परेका एकाघरका तीनसहित १८ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउने १८ मध्ये १७ जना पुरुष र एक जना महिला छन् । १७ जना पुरुषमध्ये एक जना विदेशी नागरिक हुन् ।

 


११ साउन २०८१, शुक्रवार १५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु