punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोशी सरकार छाड्दै माओवादी केन्द्र, समर्थन पनि फिर्ता लिने

Chaupati
safha napa

नेकपा मादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

केन्द्रीय सत्तासमीकरण फेरिए पनि माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाडेको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हटाउने संकेत पाएपछि माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा बुझाउँदैछन्

‘हामी आज सरकार छाड्छौं,’ भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले अनलाइनखबरसँग भने, ‘मुख्यमन्त्रीलाई राजीनामा बुझाउँछौं ।’

कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता लिने बताए ।

माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ । भागबण्डाका लागि आजै कांग्रेस र एमालेका नेताहरुको बैठक बस्दैछ ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई संकल्प प्रस्ताव मार्फत पदमुक्त गर्दै हिक्मतकुमार कार्की सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए । नयाँ सरकार गठन विरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गरे पनि पूर्णपाठ आएको छैन ।

 


११ साउन २०८१, शुक्रवार १२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु