कुलोमा डुबेर महिलाको मृत्यु

नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान साढे ५ बजेतिर घर नजिकैको नहरको कुलामो डुबिरहेको अवस्थामा देखेर उपचारका लागि दुम्कौली नगर अस्पताल देवचुलीमा लगिएकोमा उनको विहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ साउन २०८१, बिहीवार १०:३१ बजे प्रकाशित