punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।

देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावनासंगै ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


३ साउन २०८१, बिहीवार ०७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु