चौरपाटीका बाढीपहिरो पीडित १० परिवारलाई राहत वितरण

अछाम । अछामको चौरपाटी गाउँपालिकाले बाढी पहिरोपीडित १० परिवारलाई राहत उपलब्ध गराएको छ ।

गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ६ का बाढी पहिरोपीडित परिवारलाई नगदस्वरुप राहत उपलब्ध गराई गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर २ का एक घर वडा नम्बर ६ का ९ घर परिवारलाई जम्मा एक लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

जिल्ला विपद कोषबाट ६ घरलाई २० हजार रुपैयाँका दरले र बाँकी चार घर परिवारलाई १५ हजार रुपैयाँका दरले नगद राहत दिइएको अध्यक्ष साउँदले बताए ।

गाउँपालिकाले बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेको थियो ।


२ साउन २०८१, बुधवार १९:१२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु