punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतको धौलीगंगा बाध पुन: खोलिँदै, नेपालमा सतर्क रहन आग्रह

Chaupati
safha napa

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ।

एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोलिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भन्दै दार्चुला प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ। यसअघि भारतले गएको शनिबार १५ गते ६ बजेदेखि १६ गते आइतबार बेलुका ६ बजेसम्म पहिलो पटक बाँधका ढोका खोलेको थियो।


२५ असार २०८१, मंगलवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु