punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा डुबेर बेपत्ता तीन किशोरी मृत फेला

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुरमा डुबेर बेपत्ता भएका तीन जना किशोरी मृत फेला परेका छन् ।

पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया आरती बोगटी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको प्रहरीले जनाएको छ ।


२४ असार २०८१, सोमवार १९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु