एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए ।
उनले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको लिएको बताए ।
१९ असार २०८१, बुधवार १८:३९ बजे प्रकाशित