punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा खोलाले बगाएर एक युवतीको मृत्यु

Chaupati
safha napa

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा खोलाले बगाएर एक युवतीको मृत्यु भएको छ ।

बुधबार बिहान गौरीगंगा नगरपालिका वडा नम्बर ११ स्थित कटैनी खोलामा रहेको काठको पुल तर्ने क्रममा सोही ठाउँकी २० वर्षीया सुस्मिता चौधरीको बगेर मृत्यु भएको हो ।

काठको पुल तर्ने क्रममा एक्कासी खोलाको पानी बढ्न गई बगाई बेपत्ता भएकी उनलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले दुई घण्टापछि नजिकै खोलामा फेला पारेको थियो ।

मृतकको शव पोष्ट मार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


१९ असार २०८१, बुधवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु