भ्रष्टाचारका फाइल खुल्न थालेपछि ठूला दललाई संविधानको चिन्ता लाग्यो : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि ठूला दललाई संविधान जोगाउने चिन्ता लागेको बताएका छन् ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले केही निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताए । ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको रु त्यति पनि बुझ्न सकिंदैन त ।’
१८ असार २०८१, मंगलवार १७:०२ बजे प्रकाशित