प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदको सामना गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।
नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिएर संसद फेस गर्ने बताए । उनले विश्वासको मतका लागि विभिन्न पक्षसँग कुराकानी गर्ने बताए ।
१८ असार २०८१, मंगलवार १३:०३ बजे प्रकाशित