सुदूरपश्चिमसहित तीन प्रदेशको नेतृत्व कांग्रेसले गर्ने

धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिसंगै प्रदेशको नेतृत्व गर्ने विषयमा पनि भागबण्ड भएको छ ।

गएराति एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठन गर्ने सम्झौतासंगै प्रदेश सरकारको नेतृत्व लिने विषयमा पनि सहमति जुटेको हो ।

सहमतिअनुसार कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ भने एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली–देउवाबीच सहमति बनेको छ ।

यस्तै ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ ।


१८ असार २०८१, मंगलवार १०:०५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु