punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीले आफ्ना सबै मन्त्रीहरूलाई बालकोट बोलाए

Chaupati
safha napa

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई बालकोट बोलाएका छन् ।

नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको चर्चा चलिरहेका बेला ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाएका हुन् ।

एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो।

 


१७ असार २०८१, सोमवार १८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु