कैलालीमा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते
धनगढी । कैलालीमा बुधबार बिहान चट्याङ लागेर तीन बालिका गम्भीर घाइते भएका छन्।
घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।
घाइते हुनेमा १० वर्षीया खिमा कठायत, ९ वर्षीया सरस्वती भुल र सात वर्षीया पारु कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उनीहरुलाई चट्याङ लागेको हो । उनीहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ ।
१२ असार २०८१, बुधवार १०:१९ बजे प्रकाशित






























