punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

Chaupati
safha napa

नयाँदिल्ली । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

घाइते भएका व्यक्तिहरूलाई कुवेतका पाँचवटा सरकारी अस्पताल अदान, जाबेर, फरवानिया, मुबारक अल कबीर र जाहरा अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अधिकारीहरूले अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

“दूतावासले सम्बन्धित कुवेती अधिकारी र कम्पनीबाट घटनाको पूर्ण विवरणहरू प्राप्त गरिरहेको छौँ । हामी शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं “, विदेश मन्त्रालयले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ“, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा, राज्यमन्त्री कीर्तिवर्धन सिंह हाल कुवेतको यात्रामा हुनुहुन्छ । उहाँले तुरुन्तै शव फिर्ता र घाइतेहरूलाई चिकित्सा सहायताको लागि काम गरिरहनु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, कुवेतमा रहेको भारतीय दूतावासले घटनामा प्रभावितहरूलाई राहत प्रदान गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको छ ।

दूतावासले पीडित परिवारका सदस्यहरूलाई सम्पर्क गर्न हेल्पलाइन (व्हाट्सएप र नियमित कल) स्थापना गरेको छ । हेल्पलाइनमार्फत नियमित अपडेट प्रदान गरिँदैछ ।

यसअघि कुवेतमा आगलागीको खबर आएपछि प्रधानमन्त्री मोदीले समीक्षा बैठकको अध्यक्षता गर्दै मृतक भारतीय नागरिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले यस दुर्भाग्यपूर्ण घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भारत सरकारबाट सबै सम्भव सहयोगको आश्वासन दिनुभएको छ ।


३१ जेठ २०८१, बिहीवार १६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु