बलिउड अभिनेता शाहरुख खान अस्पताल भर्ना

धनगढी । बलिउड अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन् ।
शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको एनडीटीभीले जनाएको छ । शाहरुखलाई डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ ।
शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए ।
१० जेठ २०८१, बिहीवार १३:४१ बजे प्रकाशित