punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक फिर्ता ल्याउने

Chaupati
safha napa
माले । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् । बैठकमा मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैनिकको प्रतिस्थापनको समीक्षा भएको छ ।
भारत सरकारले निर्धारित समयभन्दा पहिले नै सैनिक प्रतिस्थापन गर्ने जनाएको छ । यसअघि नै मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिकरूपमा भारतलाई मालेबाट सेना फिर्ता लैजान अनुरोध गरेको थियो ।
माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ ।
“विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो”, विज्ञप्तिमा भनिएको छ, “भारत सरकारले मे १० सम्ममा तीनवटा उड्डयन प्लेटफर्ममध्ये अन्तिममा सैन्य कर्मचारीहरू प्रतिस्थापन गरी तालिकाअनुसार अघि बढिरहेकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।”
उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार जुन÷जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ । गत महिना विदेश मन्त्रालयले माल्दिभ्समा भारतीय कर्मचारीहरूको पहिलो ब्याचलाई प्राविधिक कर्मचारीहरूले प्रतिस्थापन गरेको बताएको थियो ।
माल्दिभ्सका जनतालाई मानवीय र चिकित्सा निकासी सेवाहरू प्रदान गर्ने भारतीय उड्डयन प्लेटफर्महरूको निरन्तर सञ्चालन सक्षम पार्न भारत र माल्दिभ्स दुवै पारस्परिक व्यावहारिक समाधानमा सहमत भएका छन् ।
गत महिना विदेश मन्त्रालयले भारतीय प्राविधिक कर्मचारीहरूको पहिलो ब्याच रक्षाकर्मीहरू प्रतिस्थापन गर्न माल्दिभ्स पुगेको बताएको थियो । तेस्रो बैठक चाँडै हुने अपेक्षा गरिएको छ ।
मुलुकबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टरसहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।

२३ वैशाख २०८१, आइतवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु