सुनको मूल्य बढ्यो, कति पुग्यो ?
धनगढी । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१६ वैशाख २०८१, आइतवार ११:४१ बजे प्रकाशित































