सोमबार सुनको भाउमा गिरावट, चाँदी भने स्थिर

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार एकैचोटी २९ सयले बढेको सुनको भाउ आइतबार भने स्थिर थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमै कारोबार भएको थियो ।
२९ असोज २०८०, सोमवार ११:३८ बजे प्रकाशित