punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका संस्कृतीविद् तथा सनातन अभियन्ता पन्तको निधन

Chaupati
safha napa

सुदूरपश्चिमका संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन भएको छ। डडेल्धुराको डुगरी गाउँ पुर्ख्यौली घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्दै आएका पन्तको आज (शुक्रबार) १०२ वर्षको उमेरमा निधन भएको हो।

जनैपूर्णिमाको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। सनातन धर्म र संस्कृती, संस्कार र पूर्वीय दर्शनका ज्ञाता पन्तले जनैपूर्णिमाको दिन अन्नमात्रै त्यागेकोमा त्यसपछि जलसमेत त्यागेका थिए। पन्तले आजसम्म अन्नदेखि जलसम्म केही ग्रहण नगरी शास्त्रीय अवसानको लागि संघर्ष गरिरहेका थिए। आज पन्तको सो संघर्ष समाप्त अर्थात निधन भएको उनका पुत्र डिआर पन्तले बताए। पन्तले देहत्यागका लागि एक हप्ताबढी समयदेखी अन्न (खाना/पानी)छोडेका थिए। अस्तिसम्म माला जप गरिरहेका पन्तले हिजोबाट माला जप्न पनि छाडेका थिए।

पन्तसपरिवार हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मा बस्दै आएका छन्। देशभर ज्ञानको ज्योति फैलाउन वि.स. १९९७ मा शिक्षक बनेर हिंडेका पन्तले देशका विभिन्न सयौं भाषा पाठशालामा अध्यापन गराएका थिए। अध्यापनसँगै पन्तले आफैंले पाठशाला स्थापनासमेत गरेका थिए। सनातन धर्मको प्रवर्द्धन तथा प्रवचन, २०० भन्दा बढी पुराण वाचन, ज्योतिषीतर्फ, पूर्वीय दर्शन गीता, महाभारत वेद रामायणको व्याख्या र प्रवचन गरिसकेका छन् ।


२९ भदौ २०८०, शुक्रवार १६:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु