काठमाण्डौको तीनकुनेमा चार जनाको शव फेला

काठमाण्डौ । काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार जनाको शव फेला परेको हो ।
हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका र आमा शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाकाे अनुसन्धानका लागि काठमाण्डाैकाे तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई साेधपुछका लागि पक्राउ गरेको छ ।
घटना राति १२ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।
३० भदौ २०८०, शनिवार ०८:३३ बजे प्रकाशित