punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा २ बालिकामाथि बलात्कारगर्ने ३ आरोपित फरार

Chaupati
safha napa

बझाङको मष्टा गाउँपालिका १ रनाडा रुपदेउली टोलमा दुई बालिकामाथि बलात्कार भएको छ ।प्रहरीका अनुसार रुपदेउली टोलमा दुई बालिकालाई तीन जना किशोरले जबरजस्ती करणी गरेपछि फरार भएको बताइएको छ।

पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको प्रहरीले जनाएको छ। पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई सरस्वति मावि हातामा बोलाई कक्षा कोठामा जबरजस्ती करणी गरेको बताएका छन्। दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ ।

प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको आरोप लगाएका छन् । उनीहरुले किशोरहरुलाई लुकाउनमा प्रहरीसमेत संलग्न रहेको आरोप लगाएका छन् । आरोपितहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएका छन् ।


२९ भदौ २०८०, शुक्रवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु