punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री:सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको काम अघि बढ्यो

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको कार्य अघि बढेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सकेको र अब उच्चस्तरीय समिति गठन हुने जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएकाले अब एमालेसहितका दलहरुसँग आफूले गरेको सहमति अनुसार समिति गठन गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे।

‘सुन तस्करीमा अनुसन्नधान सकिएको छ। सीआईबीले आफ्नो प्रतिवेदन वुझाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सहमतिअनुसार अब उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढ्ने छ।’

उनले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई गम्भीर रुपमा लिएर कारबाही प्रक्रिया अघि वढेको बताए। उनले यस्ता घटना दोहोरिन नदिन प्रतिबद्ध रहेको पनि बताए।

 


२९ भदौ २०८०, शुक्रवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु