punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसिया कप : नेपालले पहिला बलिङ गर्ने

Chaupati
safha napa

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।

टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेका हुन्  ।

नेपाल र पाकिस्तानबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो। एकदिवसीय वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५ औँ नम्बरको नेपालले पहिलोपटक खेल्न अवसर पाएको हो।

पाकिस्तानले प्लेइङ ११ तय गरिसकेको छ। पाकिस्तानबाट फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ खेल्दैछन्।


१३ भदौ २०८०, बुधवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु