punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो

Chaupati
safha napa

गएराति दुबईमा भएको यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए ।

न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा केल जमिसन, मिचेल साट्नर र आदित्य अशोकले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो।

न्युजिल्यान्डका लागि विल योंग र मार्क चापम्यानले अर्धशतकीय पारी खेले । विल योंगले ५६ र मार्कले ५१ रन जोडे । यस्तै, मिचेल साट्नरले २० रन बनाए ।
जितसँगै न्युजिल्यान्डले शृङ्खला जितेको छ ।


४ भदौ २०८०, सोमवार ०७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु