punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिम सरकारले पायो पूर्णता, २ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Chaupati
safha napa

कैलाली । अन्ततः सुदुरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकारमा २ मन्त्री र एक राज्य मन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले नेपाली कांग्रेसका शिवराज भट्ट ,नागरिक उन्मुक्ति पार्टीका  रामेश्वर चौधरी र नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

आजै बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री , रामेश्वर चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा र  कैलाश चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन भने कृषि मन्त्री चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्  ।

त्यस्तै राज्यमन्त्रीमा नियुक्त भएका चौधरी कैलाली क्षेत्र न. १ (क) बाट निर्वाचित भएका थिए ।

माघ २७ मा मुख्यमन्त्री नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन्।


१७ साउन २०८०, बुधवार २०:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु