punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

रौतहटमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

गौर नगरपालिका-३ पोखरिया टोलस्थित मस्जिद छेउमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी छन्।

उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए।

कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिहरूको खोजी गरी अन्सारीलाई पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 


१७ साउन २०८०, बुधवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु