punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामान्य घट्यो सुनको मूल्य

Chaupati
safha napa

लगातार उकालो लागेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३९५ रूपैयाँमा कारोबार भएको थियो ।


२२ असार २०८०, शुक्रवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु