एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ नतिजा हेर्न

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ ।
बोर्डले आज बिहीबार एसईईको नतिजा सार्वजनिक गरेको हो। बोर्डको आज बसेको बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो। २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो। त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो।
संशोधनअनुसार यसपटक साविककै प्रावधानअनुसार नतिजा सार्वजनिक गरिएको हो। न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा आउने छ।
यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसईई परीक्षाको नतिजा हेर्नका लागि लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने जनाएको छ ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सकिन्छ ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaacademy.com, www.mypay.com.np, www.nepaleducationportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिन्छ ।
२१ असार २०८०, बिहीवार १५:४६ बजे प्रकाशित