punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोका कारण बैतडीमा जयपृथ्वी राजमार्ग अवरुद्ध

Chaupati
safha napa

वर्षासँगै आएको पहिरोका कारण जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगर स्थित जय पृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकमा बर्षाका कारण माथिबाट खसेको पहिरोका कारण आइतबार रातिदेखि सडक अवरोध भएको प्रहरीले जनाएको छ।

त्यस्तै सुर्नया गाउँपालिका–८ ढोल्यामोडस्थित जय पृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकमा बर्षाका कारण माथिबाट पहिरो खस्दा सडक अवरोध भएको छ। पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर अबरोध हटाउन सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको छ। अवरुद्ध सडक खुलाउनेतर्फ पहल भइरहेको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जय पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको हो। पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र छन्। राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायात सेवा प्रभावित बन्न पुगेका छन्। पहिरो पन्छाउन सम्वन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको छ। पहिरो पूर्ण रुपमा पन्छाउन समय लाग्ने देखिएको प्रहरीले बताएको छ।


१८ असार २०८०, सोमवार १४:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु