यसरी भए रेशम रिहा (तस्बिरहरू)

टीकापुर हत्याकाण्डमा जेल सजाय पाएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै आज जेलबाट छुटेका छन् । टीकापुरमा २०७२ भदौ ७ गतेको आन्दोलन हिंसात्मक बन्दा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
उक्त घटनामा रेशमलाई कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिए पछि उनी आज रिहा भएका हुन् ।
१५ जेठ २०८०, सोमवार ११:३८ बजे प्रकाशित