punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागबजार क्षेत्रको सडक फराकिलो बनाउन सरकारले पठायो थप ३० करोड रुपियाँ

Chaupati
safha napa

डडेलधुरा जिल्लाको सदरमुकाम बागबजार क्षेत्रको सडक फराकिलो बनाउन मुआब्जाका लागि सरकारले थप ३० करोड रुपियाँ पठाएको छ । यसअघि सडक क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जाकै लागि पहिलो किस्ताबापत २० करोड रुपियाँ बजेट आएको थियो । सडकलाई ३० मिटर फराकिलो बनाईदै छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग महाकाली राजमार्गको बागबजार क्षेत्र फराकिलो बनाउन थप रकम प्राप्त भएको हो । महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड रुपियाँ बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय डोटीलाई ३० करोड रुपियाँ प्राप्त भएको सो कार्यालयका प्रमुख दीपक झाले जानकारी दिए ।

मुआब्जाका लागि ८४ करोड ८५ लाख रुपियाँ बजेट आवश्यक थियो। हालसम्म दुई किस्तामा ५० करोड रुपियाँ बजेट प्राप्त भाएको छ । पहिलो किस्तामा आएको २० करोड रुपियाँ मुआब्जा रकम वितरणको काम अन्तिम चरणमा पुगेको प्रमुख झाले बताए ।


३ जेठ २०८०, बुधवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु