एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि, यस्ता छन् एजेन्डा
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बाट सुरु हुँदै छ।
तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासल मा बिहान ११ बजे सुरु गर्ने तयारी रहेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार बैठकको मूल एजेन्डा पार्टीले देशभर २ महिनासम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा हो।
‘यस्तै सचिवालय बैठकका निर्णय अनुमोदन, भ्रष्टाचारको विषय पनि अलि उठ्छ, एउटा प्रस्ताव पारित हुन्छ’, उनले भने। नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई भने एमालेले बुधबारै सचिव पदबाट निलम्बन गरिसकेको छ।
बैठकको पहिलो दिन आज मूलतः सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेस हुने तामाङले जानकारी दिए।
२८ वैशाख २०८०, बिहीवार ०७:५३ बजे प्रकाशित































