punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट रामेश्वरलाई हटाइयो, प्रमुख सचेतक पनि फेरिए

Chaupati
safha napa
गरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले रामेश्वर चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको थियो ।
उक्त बैठकमा रामेश्वर चौधरी भने उपस्थित थिएनन् । सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षर सहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ ।
त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ ।यस अघि लक्ष्मण किशोर चौधरी प्रमुख समेतक थिए । सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ ।
संसदीय दलको नेता सहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए ।
इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर भने गरिनन् । त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित थिएनन् ।

२७ वैशाख २०८०, बुधवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु