punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछानेको शल्यक्रिया, आज ‘डिस्चार्ज’ हुने

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको ‘लाइपोमा’ को शल्यक्रिया गरिएको छ। नेपाल नेसनल अस्पतालमा उनको शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका मेडिकल कोअर्डिनेटर डा. अभिषेकराज सिंहका अनुसार खाली समयको सदुपयोग गरी उनको शल्यक्रिया गरिएको हो । सन्दीप मंगलबार नै ‘डिस्चार्ज’ हुने र आगामी खेलहरूमा नियमित रूपमा फर्किने क्यानले जनाएको छ।

लामिछानेले चाँडै मैदानमा फर्किने बताएका छन्। ‘लामो प्रतिक्षापछि शल्यक्रिया सफल भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभकामनाको लागि सबैलाई धन्यवाद। चाँडै मैदानमा फर्किने आशा छ।’

लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो, जुन बोसोमा जम्मा भएर एक ठाउँमा बसेको हुन्छ। यो शरीरका विभिन्न ठाउँमा हुनसक्ने चिकित्सक बताउँछन्।

 


२६ वैशाख २०८०, मंगलवार ०७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु