punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

Chaupati
safha napa

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । तर, सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकर दुर्घटनामा परेको जानकारी प्राप्त भएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले  जानकारी दिए । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ ।

घटनाको यथार्थ जानकारी प्राप्त नभइसकेको अवस्थामा सुरक्षाकर्मी उद्धारकर्मी घटनास्थलमा जाँदै गरेको जानकारी प्राप्त भएको छ ।


२२ वैशाख २०८०, शुक्रवार १४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु